ओलीले फेरि भने– यही सरकार रहिरहन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकार निरन्तर रहिरहने बताएका छन् । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने उनको निर्णय बदर गर्दा चौतर्फी रुपमा उनले राजीनामा दिनु पर्ने माग गरिएको छ । तर, प्रधानमन्त्री ओलीले बुधबार एक कार्यक्रममा आफूले तत्काल बालुवाटार नछाड्ने संकेत गरेका छन् । 

कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले तत्काल बालुवाटार नछोड्ने आशयमा कुरा गरेका हुन् । 

उनले अहिलेको यो सरकार रहिरहने, यो सरकारको संकल्प रहिरहने बताएका हुन् । उनले सरकार रहिरहने भएकाले सबैले निस्फिक्री काम गर्न पनि सुझाएका छन् । 

आजै स्थायी कमिटी बैठक सकिएलगत्तै ओली पक्षका नेकपा नेता प्रदीप ज्ञवालीले पनि तत्काल ओली र आफूहरुले राजीनामा नदिने बताएका थिए ।





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार २०:२८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया