भोकभोकै बादी समुदायको धर्ना, बिरामीको प्रदेश अस्पतालमा उपचार

खेतीयोग्य जग्गाको माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्नामा बसेका बादी समुदायका एक युवा बिरामी परेका छन् । बुधबार दिउँसो करिब १२ गतेतिर बेहोस भएर ढलेका उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । 

बिरामी उनलाई जिल्ला प्रहरी कार्यालयले उपचारको लागि प्रदेश अस्पताल पुर्याइएको छ । दुल्लु नगरपालिका–१ का ३० वर्षीया फडेला (फ्याउटो) बादीको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको समेत उनले बताए । 

दुई दिनदेखि खाना नखाएका उनी भोकले बेहोस भएर ढलेको बताइएको छ । ‘उसले हिजोदेखि खाना खाएको थिएन,’ उनीसँगै रहेका सेते बादीले भने, ‘दिउँसो करिब १२ बजेतिर उनी एक्कासि बेहोस भए, प्रहरीले देखेपछि उपचारका लागि लगिएको छ ।’

जग्गाको माग गर्दै दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ र दुल्लु नगरपालिका–१ का ४ सयभन्दा बढी बादी समुदायका मानिसले सोमबारबाट मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिइरहेका छन् । मुख्यमन्त्री कार्यालयअगाडि खुला आकाशमा बसिरहेका उनीहरुले खानपानका लागि अत्यन्त समस्या भएको बताएका छन् । 





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार २०:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया