‘जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोना खोप सुरक्षित’

अमेरिकी नियामक संस्था एफडिए (फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन)ले आफ्नो अनुसन्धान तथा परीक्षणमा जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोना भ्याक्सिन सुरक्षित भएको पाइएको जनाएको छ । 

योसँगै अब अमेरिकामा कोरोनाका तीन भ्याक्सिन हुने भएका छन् । 

जोन्सनको यो भ्याक्सिन यसअघि अमेरिकामा अनुमति पाइसकेको फाइजर र मोडर्नाको भ्याक्सिनभन्दा सस्तो हुने भएकाले यो अझ सर्वसुलभ हुनसक्ने बताइएको छ ।

जोन्सनको भ्याक्सिनको एक डोज मात्र दिए पुग्छ । मोडर्ना र फाइजरका भ्याक्सिनको चाहिँ दुई डोज लगाउन आवश्यक हुने गरेको थियो । 

अमेरिकामा अहिले दैनिक १३ लाख मानिसलाई कोरोनाभाइरस भ्याक्सिन दिन थालिएको छ ।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार ५:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया