अचानक स्थगित भयो ओली समूहको स्थायी कमिटी बैठक

आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । अब अर्को बैठक कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन । 

नेकपा ओली समूहकी एक स्थायी कमिटी सदस्यले फरकधारलाई दिएको जानकारीअनुसार आज बैठक नबस्ने सूचना केहीअघि मात्र सदस्यहरुलाई दिइएको हो । 

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको निर्णयलाई अदालतले बदर गरिदिएपछि थप रणनीति बनाउन ओली समूहले यो बैठक आज पनि बोलाएको थियो । ओली समूहको स्थायी कमिटी बैठक बुधबार बसेको थियो । 

आज बस्ने भनिएको बैठकमा अब संसद अधिवेशन बोलाउनुअघि प्रधानमन्त्री ओलीले राजीनामा दिने या नदिनेबारे छलफल गरिने बताइएको थियो ।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार ९:१४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया