पार्टी एकताका लागि भन्दै प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

सत्तारुढ नेकपामा राजनीतिक विभाजन भएसँगै पार्टी एकता अभियान चलाएका उपाध्यक्ष वामदेव गौतम बिहीबार प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन् । 

गत पुस ५ मा सरकारले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले फागुन ११ मा उल्टाइ दिएपछि नेता गौतम प्रचण्डसँग सल्लाह गर्नका लागि खुमलटार पुगेका हुन् । 

आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड तथा माधव कुमार नेपाल दुवै समूहमा नलागेका गौतम पार्टी एकताकै प्रस्ताव लिएर खुमलटार पुगेका स्रोतले जनाएको छ । 

संसद पुनःस्थापना भएसँगै अब पुनः नेकपा एक हुनुपर्ने गौतमको एजेण्डा छ । उनले अब पार्टीमा छलफल गरेर निकास निकाल्नुपर्ने भन्दै प्रचण्ड र ओली समूहबीचको विवादको समाधान पार्टीभित्रैबाट खोज्नुपर्ने औँल्याएका छन् । 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १०:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया