कमेडी च्याम्पियनको दोस्रो सिजन फागुन २१ बाट

स्ट्यान्डअप कमेडी शो ‘कमेडी च्याम्पियन–२’ फागुन २१ गतेबाट प्रसारण हुने भएको छ । बुधबार राजधानीमा औपचारिक घोषणा गरिएको यो शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले शो को औपचारिक घोषणा गर्दै शो प्रसारणको मिति सार्वजनिक गरेका हुन्।

पहिलो सिजनको कमेडी च्याम्पियन भन्दा दोस्रो सिजन भव्य हुने भन्दै भण्डारीले अघिल्लो सिजनमा आर्थिक समस्याका कारण सोचेको जस्तो राम्रो गर्न नसकेको बताए । यो वर्षका प्रतिस्पर्धीलाई निक्कै मेहनत गराइरहेको जानकारी दिँदै भण्डारीले भने, ‘यो सिजन कन्टेन्ट केन्द्रीत हुनेछ।

कमेडी च्याम्पियनको यो सिजनका लागि ६ हजार १८० जनाले डिजिटल अडिसनमा सहभागिता जनाएका थिए । त्यसमध्येबाट उत्कृष्ट २४ जनालाई फिजिकल अडिसनबाट छनोट गरिसकेको आयोजकले जनाएको छ।

‘थ्रि प्रोडक्सन’को ब्यानरमा प्रसारण तयारीमा रहेको कमेडी च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायकका रुपमा यो सिजनमा पनि देखिने छन् । कार्यक्रम रीमा विश्वकर्माले होस्ट गर्नेछिन् ।

कमेडी च्याम्पियनको निर्माण केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरेले सयुक्त रुपमा निर्माण गरेका हुन् । कमेडी च्याम्पियनका उपाधि विजेताले २५ लाख नगद र कार प्राप्त गर्नेछ । कमेडी च्याम्पियनको पहिलो सिजनको उपाधि हिमेश पन्तले जितेका थिए । 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार ११:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया