के विहे गर्दै छिन् रीमा विश्वकर्मा ?

पछिल्लो समय सेलिब्रेटीले दोस्रो विहेको गर्ने लहर नै चलेको छ। केही समयअघि अभिनेत्री श्वेता खड्काले आफ्ना प्रेमीसँग दोस्रो बिहे गरिन्। उनको विहेको चर्चा सेलाउन नपाउँदै हिजो मात्रै गायिका अज्नु पन्तले करिब १८ महिनाको प्रेमलाई विहेमा परिणत गरिन्। ठिक यहि बेला अभिनेत्री रीमा विश्वकर्माको बिहेको चर्चा सुरु भएको छ।

कमेडी च्याम्पियनको दोस्रो सिजन होस्टको तयारीमा रहेकी रीमाले फेरि विहेको कुरा गर्ने बेला भैसकेको बताएकी हुन्। उनले आफ्नो विहेको कुरा कोट्याउँदै भनिन्, ‘अब विहेको कुरा गर्दा हुन्छ। विहे गर्ने बेला भइसकेको छ।’

ठट्यौली पारामा आफ्नो विहेको बारेमा बताएकी रीमा विहे गर्ने मनस्थितीमा रहेको बुझिएको छ। तर, उनले विहेका बारेमा अन्य केही कुरा भने खुलाएकी छैनन्। कमेडी च्याम्पियनको दोस्रो सिजन प्रसारणको औचारिक घोषणा कार्यक्रममा शो का निर्देशक विशाल भण्डारीले विहेको कुरा गर्दा रीमा उठेर जानसक्ने सम्भावना रहेको बताएका थिए। भण्डारीको सोही प्रसंगको जवाफ दिँदै उनले विहेको कुरा गर्ने बेला भएको बताएकी हुन्।

उनले कहिलेकाही कमजोर महसुस हुने र त्यस्तो समयमा साथीको आवश्यकता पर्ने बताएकी छिन्। भनिन्, ‘हामी सबै कुरामा पर्फेक्ट छैनौं। कहिलेकहीँ कमजोर महसुस हुन्छ। हो यही बेला साथ दिने साथीको आवश्यकता पर्छ।’ विहे गरेको २ वर्षमा डिभोर्स गरेकी रीमाले विहे आफ्ना लागि महत्वपूर्ण नरहेको पनि बताएकी छिन्।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १२:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया