महिला लद्युवित्तको आईपीओ : ३७ हजारलाई १० कित्ता, १४ लाख खाली हात हुने

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। यो लघुवित्तद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने तय भएको छ।

गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो। ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि निकालिएको थियो। २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने  ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको थियो ।

जसमा मागभन्दा ६३ प्रतिशत बढी आवेदन परेको संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । संस्थाको कुल ४ लाख सेयरमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकको २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको छ । यो माग भन्दा ६३ गुणा बढी हो।

माग र आवेदकको संख्याका आधारमा गोलाप्रथाबाट हुने आईपीओ बाँडफाँड गर्दा ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्।  बाँकी १४ लाख ८१ हजार आवेदकहरू खाली हात हुनेछन्।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १३:४९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया