सुदूर छाडेकी वर्षा कालिपुरुषमा देखिँदै

अभिनेत्री वर्षा शिवाकोटीले केही दिनअघि मात्रै साइन गरेको चलचित्र ‘सुदुर’ छाडिन। ‘सुदर’बाट बाहिरिएको छोटो समयमै उनले अर्को चलचित्र ‘कालिपुरुष’ अभिनय गर्ने भएकी छिन्।

वर्षाले चलचित्रमा अभिनय गर्ने कुरा पक्का भएपनि टिम र कथा हेर्दै गरेको बताएकी छिन्। उनले कथा र टिम चित्त नबुझे यो चलचित्रबाट पनि हात झिक्न सकने संकेत दिएकी छिन्।

बिना कार्कीले निर्माण गर्न लागेको यो चलचित्र राघव आचार्यले निर्देशन गर्नेछन्। मानकृष्ण महर्जनको छायांकन रहने यो चलचित्रबाट रमेश बाँनिया चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन्।

भारतमा बसेर केही वेब सिरिजमा काम गरेका निर्देशक आचार्यले चलचित्रका अन्य कलाकार भने पक्का नभएको जानकारी दिएका छन्। इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्र फागुनको अन्तिम साताबाट छायांकनमा जाने निर्देशक आचार्यले बताए।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १४:५२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया