निर्माणमा लापरबाही गरेको भन्दै स्थानीयले गरे सडक अवरुद्ध

सडक निर्माणमा लापरबाही गरेर लामो समयदेखि अलपत्र अवस्थामा छाडेको भन्दै वीरेन्द्रनगर–६ स्थित मुख्य बजार क्षेत्रको सडक स्थानीयले अवरुद्ध पारेका छन् । निर्माणका लागि ठेक्का प्रक्रियामा काम सुरु भएको लामो समयसम्म काम सम्पन्न नगरेको, सडक धुलाम्मे भएको भन्दै बिहीबार स्थानीयले सडक अवरुद्ध पारेका हुन् । 

वीरेन्द्रनगर नगरपालिका–६, स्थित हटियाचोकदेखि दक्षिण–पश्चिमतर्फ जाने बाटो लामो समयसम्म कालोपत्रे नहुँदा धुलोधुवाँको सास्ती खेप्नुपरेकाले बाध्य भएर अवरोध गरिएको स्थानीय रामबहादुर शाहीले बताए । ‘निर्माणाधीन सडकको काम समयमा सम्पन्न नगर्दा धुलो-धुवाँ धेरै उड्ने गरेको छ,’ उनले भने, ‘गाडी गुड्दा गिट्टी उछिट्टिएर बालबालिका घाइते भएका छन् ।’ 

तत्काल सडक निर्माणको लाग दबाब दिने उद्देश्यका साथ सडक अवरुद्ध पारिएको स्थानीयले बताएका छन् । गत वर्ष नै नयाँ सडक निर्माणको लागि पुरानो सडक भत्काए पनि हालसम्म निर्माण नहुँदा बाध्य भएर अवरुद्ध पारेको व्यवसायी भुवन ज्ञवालीले बताए । 

यता, वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले ठेकेदार कम्पनीले चैत मसान्तसम्म काम सक्नुपर्ने गरी सम्झौता गरेको बताए । समयमा नै निर्माण कार्य सक्नका लागि नगरपालिकाले अनुरोध गरिरहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १६:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया