थप ११२ कोभिड-१९ सङ्क्रमित भेटिए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा थप ११२ कोभिड–१९ सङ्क्रमित भेटिएका छन् । गत २४ घण्टामा देशभर तीन हजार ४११ जनाको पिसिआर परीक्षण भएकामा ११२ जनामा कोरोना पुष्टि भएको हो । 

हालसम्म देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

गत २४ घण्टामा थप ४८ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ७० हजार २२३ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । 

कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । कोरोनाबाट हालसम्म दुई हजार ७६७ जनाएको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार २०:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया