राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतलनिवासमा भेट

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतलनिवासमा भेट भएको छ । 

प्रतिनिधि सभा बैठक बोलाउने विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरिएको बुझिएको छ ।  

बिहीबार साँझ शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठक कहिले बोलाउने भन्‍ने विषयमा छलफल गरेका हुन् । 

ओलीले अदालतले दिएको समयसीमाको अन्त्यतिर बैठक बोलाउनेबारे स्थायी कमिटीमा भएको छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । 

सर्वोच्चले ओलीको विघटन गर्ने निर्णय बदर गरेर १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन मंगलबार आदेश दिएको थियो ।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार २१:६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया