नारायणकाजीको अपिल : पार्टीको आधिकारिक धारणा नेताहरुबाट बुझौँ, मिडियाबाट होइन
फाइल तस्बिर

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा मिडियामा आएका समाचार तथा टिप्पणीहरुबाट नबुझ्न अपिल गरेका छन् । 

श्रेष्ठले सामाजिक सञ्जालमार्फत सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गर्ने तर, त्यसमा सकारात्मक सन्देश वा शिक्षा छन् भनेमात्र त्यसलाई ग्रहण गर्नका लागि सबैमा अपिल गरेका छन् । 

श्रेष्ठले लेखेका छन्, 'सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि अहिले हामी संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृद्धि, समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौँ ।'

उनले थप लेखेका छन्, 'हामी उहाँहरुको दृष्टिकोण, धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौँ र उचित पनि हुँदैन । तर, पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाउँबाट बुझौँ ।'

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले हामी संसदको अधिवेशन ,सरकार ,संविधानको कार्यान्वयन,...

Posted by Narayan Kaji Shrestha on Thursday, February 25, 2021




  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार ११:२१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया