भारतले नेपालका २५ स्वास्थ्य चौकी पुनर्निर्माण गरिदिने
५३ करोड रुपैयाँ लगानी

काठमाडौँ : २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त नेपालका २५ वटा स्वास्थ्य चौकी पुन:पुनर्निर्माणका लागि भारतले ५३ करोड रुपैयाँ सहयोग दिने भएको छ।

भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का परियोजना निर्देशकले त्यससम्बन्धी चारवटा सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर गरेका छन्।

यो सम्झौता अनुसार धादिङमा १२ वटा र सिन्धुपाल्चोकमा १३ वटा स्वास्थ्य चौकी पुनर्निर्माण हुने भएका छन्। 

शुक्रबारै निर्माण कम्पनी र इकाइबीच ठेक्का सम्झौतामा समेत हस्ताक्षर भएको छ । यो पुनर्निर्माणमा भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) र रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछन्। सीबीआरआई भूकम्प प्रतिरोधी पुन:पुनर्निर्माणमा भारतकै शीर्ष संस्थानमध्ये एक रहेको भारतीय दुतावासले जनाएको छ। 

  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार २०:५४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया