कांग्रेस, जसपा र हामी मिल्दा मात्रै भारतलाई 'सजिलो' हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र आफूहरु मिल्दा भारतलाई कम्फर्टेबल हुने बताएका छन्। 

शुक्रबार राति प्राइम टाइम्स टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले तीन दल मिल्दा भारतका लागि सबैभन्दा राम्रो हुने बताएका हुन्। 

'नेपाली कांग्रेस, हामी र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल हो', उनले भने, 'हामी मिल्नु भनेको भारतका लागि कम्फर्टेबल हो भने चीनका लागि पनि उत्तिकै कम्फर्टेबल हुन आउँछ।'

अध्यक्ष दाहालले भारतसँग सम्बन्ध नसुधारी नेपालमा राजनीतिक स्थायित्व नै नहुने तर्क गरे। 'सबै कारणले भारतसँग राम्रो सम्बन्ध र समझदारी नबनाई नेपालमा स्थायित्व र विकास त हुँदैन', उनले भने, 'यति राम्रो सम्भावना अहिले छ, यो राम्रो सम्भावना अघि जानुपर्यो भनेर मैले भनेको छु।'

दाहालले कार्यक्रममा कांग्रेस सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लाग्नै नसक्ने ठोकुवा पनि गर्न भ्याए। 
प्रधानमन्त्री ओलीले संसदमा नै सामना गर्ने बताइसकेकाले आफूहरुले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव गरेर उनलाई हटाएर विदा गर्ने दाबी प्रचण्डले गरे। 





  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार २२:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया