प्रचण्डको भारतीय पक्षपोषण खेदजनक : शान्ता चौधरी

सत्तारुढ नेकपाको ओली समूहकी नेतृ शान्ता चौधरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय पक्षपोषण गर्नु खेदजनक भएको बताएकी छन् । चौधरीले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् । 

उनले लेखेकी छन्, 'सत्य आफ्नै मुख बाट उजागर हुन्छ भन्थे हो रहेछ । भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरी सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो ।' 

चौधरीले नेपाली जनता ठूलो त्याग गरेर देशमा स्वाभिमान, समृद्धि र स्थिरता कायम हुन्छ भन्ने हेतुले ठूलो राजनीतिक परिवर्तनको बाहक बनेका भन्दै सोही कारण नेकपालाई झन्डै दुई तिहाई मत दिएर जिताएका बताएकी छन् । 

चौधरीले विदेशी इसारामा नेपाली जनताको यो भावनाको अपमान हुने गरी विगत एक वर्षदेखिका अनेक हर्कत भएका रहेछन् भन्ने अब प्रस्ट भएको बताइन् । देशको सार्वभौमिकता र जनताको स्वाभिमानमाथि खेल खेल्नेहरुलाई बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले आफूहरुमा रहेको भ्रम चिरिदिएको उनले बताइन् । 

आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु अनि अहिले भारत सुहाउँदो सरकार बनाउनु पर्छ भन्ने कुरा आउनु खेदजनक भएको भन्दै चौधरीले राष्ट्रप्रेमी नेपालीहरु यस्ता हर्कतबाट जोगिएर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताइन् । 

सत्य आफ्नै मुख बाट उजागर हुन्छ भन्थे हो रहेछ।भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार...

Posted by Shanta Chaudhary on Friday, February 26, 2021




  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार ७:२५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया