धर्म बिर्सँदा राष्ट्रले नैतिकता गुमायो : सनातन संस्कृति समाज

नेपाली समाजमा नैतिक मूल्य र मान्यता ह्रास भएकाले हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गर्दै धनगढीमा सभाको आयोजना गरिएको छ ।

धार्मिक मूल्य–मान्यताको संरक्षण गरौं भन्दै शनिबार सभाको आयोजना गरिएको हो । 

‘वैदिक सनातन हिन्दु राष्ट्रको स्थापना गरी नैतिक मूल्य र मान्यताको संरक्षणमा हाम्रो प्रतिबद्धता छ’, आयोजकले भने । सनातन संस्कृति समाज नेपाल लगायत विभिन्न संघ संस्थाहरूले धनगढीको ट्राफिक चौराहबाट पञ्चे बाजा सहित निकालेको र्‍याली पार्कमोड पुगेर सभामा परिणत थियो ।

जनजागरण अभियानका लागि सुदूरपश्चिम प्रादेशिक भेला आयोजक समितिका प्रदेश संयोजक पदमराज जोशीले यो कुनै पार्टी विशेष नभएर आफ्नो धर्मको मौलिक अस्तित्व जर्गेनाका लागि गरिएको सभा भएको बताए । 

‘धर्मका बारेमा विगतमा बहस धेरै भए । हामीले नैतिकता हरायौँ’, उनले भने, ‘जसले गर्दा अहिले आफ्नो धर्मकर्मलाई छोडेर समाजमा बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गएका छन् । समाजलाई सत्मार्गमा डोर्‍याउन सनातन हिन्दु धर्म आवश्यक भएकैले यस्तो सभाको आयोजना गरिएको हो ।’ 

नेपाललाई हिन्दु राष्ट्र बनाउन सके पर्यटन विकासबाट देशको आर्थिक समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ । सभामा सनातन संस्कृति समाज नेपाल काठमाडौंका अध्यक्ष हरिबोल भट्टराई, सहअध्यक्ष तारानाथ लुइँटेल, डाक्टर हेमराज पन्त, विष्णु भट्टराई र पुष्प पराजुलीले आफ्ना मन्तव्य राखेका थिए ।





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १४:४५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया