जोसुकै भ्रष्टाचारीलाई कारबाही गर्न पछि हट्दिनँ : प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले जोसुकै भ्रष्टाचारीलाई कारबाही गर्ने बताएका छन् 

काठमाडौंस्थित घट्टेकुलो समाजले शनिबार गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारीलाई कारवाही गर्नबाट पछि नहट्ने प्रतिबद्धता जनाएका हुन्।

राईले तथ्य र प्रमाणको आधारमा कुनै पनि भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियार नडराउने बताए। ‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन', उनले भने, 'तर निर्दोषलाई भ्रष्टाचारको दायराभित्र ल्याउनेलाई पनि बचाउने छैन।’ 

प्रमुख आयुक्त राईले आयोगको इतिहासमै आफूले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी र उत्कृष्ट काम गरेर देखाउने पनि वाचा गरे। उनले भ्रष्टाचार नियन्त्रणलाई विगतभन्दा प्रभावकारी बनाउने पनि बताए।

‘नागरिक समाज र जनताको अपेक्षा नै भ्रष्टाचार न्यूनीकरण हुनु पर्नेमा छ,’ राईले भने, ‘त्यो आवाजलाई मेरो कार्यकालमा विगतभन्दा प्रभावकारी रुपमा लैजाने मेरो प्रण गर्छु।'

प्रमुख आयुक्त राईले कुनै पूर्वाग्रह नराखी कानुन, विधि र प्रक्रियाका आधारमा भ्रष्टाचार नियन्त्रण अभियानलाई अघि बढाउने पनि प्रतिवद्धता जनाए। 





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १८:२७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया