बी डिभिजन लिग : खुमलटारको साँघुरो जित

सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । 

उसले सातदोबाटोस्थित एन्फा कमप्लेक्समा झम्सिखेल युथ क्लबमाथि १–० को कठिन जित हात पारको हो ।

खेलको तेस्रो मिनेटमै महेश राईले गरेको एक मात्र गोल खुमलटारका लागि ३ अंक जोड्न पर्याप्त बन्यो ।

जितसँगै खुमलटारले ८ खेलबाट १९ अंक जोड्दा पराजित झम्सिखेलको समान खेलबाट ६ अंक छ ।  

लिग अन्तर्गत आज नै भएको पहिलो खेलमा ब्वाइज युनियन क्लबले नयाँ बस्ती युवा क्लबलाई ३–० ले पराजित गर्‍यो । ब्वाइज युनियनको जितमा मिलन लिम्बूले ह्याट्रिक पूरा गरे । 

यो जितसँगै ब्वाइज युनियनले ८ खेलबाट १४ अंक जोड्दा पराजित नयाँ बस्तीको समान खेलबाट ११ अंक छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १७:५७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया