नेपालीको नरसंहार मच्चाउने प्रचण्ड अरुकै लागि 'कम्फरटेबल' : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको नरसंहार मच्चाएर विदेशीप्रति कम्फरटेबल भएको आरोप लगाएका छन्। 

हिमालयन टेलिभिजनलाई आइतवार राति अन्तरवार्ता दिँदै उनले यस्तो बताएका हुन्। 'उहाँ छिमेकीलाई कम्फरटेबल हुनुहुन्छ तर नेपाली जनताका लागि होइन', उनले भने, 'नेपाली जनतालाई के के क्षति गराउनु भयो? कति नरसंहार गराउनु भयो? प्रचण्ड नेपाली जनताका लागि  होइन, अरुकै लागि कम्फरटेबल छन्।'

उनले आफ्नो सरकारले मिचिएको भूमि समेटेर नक्सा छाप्न संविधान संशोधन गरेपछि प्रचण्डलाई अन्कम्फरटेबल भएको बताए। 

'नक्सा छाप्यो भनेको होला, संविधान संशोधन गर्यो भन्यो होला। ओलीले अन्कम्फरटेबल काम गरिरहेका छन् भन्ने भयो हो। सरकारले सार्वभौम सत्ता बलियो बनाउँदै गर्दा अन्कम्फरटेबल ढंगले पेश भइरहेको छ भनेको होला', उनले भने, 'नेपाली जनतालाई दु:ख दिनेहरु अहिले छिमेकीका लागि कम्फरटेबल हुन खोज्दैछन्।'





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार २१:४६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया