प्रधानमन्त्रीले रामकुमारीलाई सम्झिए, प्रचण्डलाई क्यान्टोनमेन्टको भ्रष्टाचार सम्झाए

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कटु आलोचना गर्दै आएकी दाहाल-नेपाल नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई सम्झिँदै आफूमाथिको अविश्वास प्रस्तावबारे बोलेका छन्। 

हिमालय टेलिभिजनसँग आइतवार अन्तरवार्ता दिँदै ओलीले राष्ट्रपतिबारे अशिष्ट टिप्पणी गरेको आरोपमा प्रहरीद्वारा पक्राउपछि छुटेकी रामकुमारीले फेसबुकमा लेखेको स्टाटसको चर्चा गरेका हुन्। 

'ममाथि पुस ५ गते अविश्वास प्रस्ताव दर्ता गराउन सांसदहरुले अन्य कुनै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरिएको थियो', उनले भने, 'त्यसलाई लिएर रामकुमारी झाँक्रीले अनफेयर भयो भनेर फेसबुकमा स्टाटस लेखेकी थिइन्। अहिले पनि कतिपय सांसदहरुले त्यसबारेमा आपत्ति जनाएका छन्।'

ओलीले फरक प्रशंगमा आफूलाई भ्रष्टाचारमा डुबेको आरोप लगाउने प्रचण्डलाई तत्कालीन माओवादी लडाकु राखिएको क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार स्मरण गराएका छन्।

'लाजिम्पाटमा पनि उहाँका घरबेटीको केही रोपनीको घर थियो। अहिले उहाँ बस्दै आएको ठाउँमा पनि केही रोपनीसहितको बंगला छ। काठमाडौंका ठाउँ ठाउँमा उहाँका नातेदार र सहयोगीका घरसहितका सम्पत्ति छन्', उनले अगाडि भने, 'यसबारे म यहाँ धेरै चर्चा गर्नु उचित मान्दिनँ। क्यान्टोनमेन्टमा भ्रष्टाचार गरेको अलिकति न हो। यसबारे पनि यहाँ यो भन्दा धेरै केही भन्दिनँ।'





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार २१:५७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया