मध्यरातमा न्यायाधीशलाई जन्मदिनको शुभकामना पठाएपछि वकिलविरुद्ध उजुरी, २० दिनदेखि प्रहरी हिरासतमा

मानिसलाई शुभकामना दिँदा त्यसले सँधै सौहार्दता नै प्रदान गर्छ भन्ने हुँदैन । हामीले कुन तरिकाले शुभकामना दिन्छौं त्यसमा पनि निर्भर हुन्छ कि त्यसको प्रतिक्रिया कस्तो आउँछ भन्नेमा । 

यस्तै एक घटना भएको छ । भारतको इन्डोरमा एक वकिललाई महिला न्यायाधीशलाई शुभकामना दिने यति महँगो सावित भयो कि अन्नतः उनले त्यसको बदलामा जेलको हावा खानुपरेको छ ।

न्यायाधीशलाई जन्मदिनको शुभकामना दिने तरिकाका कारण २० दिनदेखि वकिल प्रहरी हिराशतमा बसेका छन् । महिला न्यायाधीशलाई ती वकिलले दिएको जन्मदिनको शुभकामनाको तरिका मन नपरेपछि तत्काल वकिलविरुद्ध प्रहरीकहाँ उजुरी गरिन् ।

भारतको रतलाम जिल्ला अदालतमा वकालत गर्दै आएका वकिलले महिला न्यायाधीशलाई जनवरीमा जन्मदिनको शुभकामना इमेलमार्फत पठाएका थिए । वकिलले जन्मदिनका शुभकामना दिनका लागि करिब राति १ बजेर ११ मिनेटमा न्यायाधीशको सरकारी इमेलमा सन्देश पठाएका थिए ।

वकिलले महिला न्यायाधीशको फेसबुक प्रोफाइलमा रहेको फोटो डाउनलोड गरेर जन्मदिनको शुभकामना लेखेर इमेल पठाएका थिए । 

जमानतका लागि उनका स्वजन जेएमएफसी (ज्यूडिशियल म्याजिस्ट्रेट फ‌र्स्ट क्लास) अदालतदेखि सेशन अदालतसम्म दौड लगाए पनि कुनै राहत मिलेको छैन । 



यो विषय अहिले मध्यप्रदेशको हाई कोर्टमा पुगेको छ । वकिलले आफूले महिला न्यायाधीशलाई जन्मदिनको शुभकामना दिने उद्देश्यले एक इमेल गरेको बताएका छन् ।

आफूले न्यायाधीशको मान सम्मानमा कुनै ठेस पुर्‍याउने उद्देश्यले उक्त इमेल नपठाएको दावी गर्दै आएका छन् । न्यायाधीशले आफूलाई मध्यराति इमेल पठाएर आफ्नो मान सम्मानमा ठेस पुर्‍याएको भन्दै रतलामको प्रहरी चौकीमा उजुरी गरेकी हुन् ।



प्रहरीले वकिलका विरुद्ध साइबर क्राइमअन्तर्गत मुद्दा दर्ता गरी वकिललाई नियन्त्रणमा लिएको हो । त्यसयता वकिल प्रहरी हिरासतमा रहेका छन् । जमानतका लागि गुहार मागे पनि सुनुवाई नभए पनि उनी उच्च अदालत पुगेका छन् । 

  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार २३:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया