इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्यामले शानदार जित निकालेका छन् । गएरातिका खेलमा लिभर पुलले शेफिल्ड युनाइटेडलाई २-० ले र टोटनह्यामले बर्नलीलाई ४-० को फराकिलो अन्तरले हराएको हो ।
लिभरपुलको जितमा कुर्टिस जोनसले एक गोल गरे । अर्को गोल केन बार्यनले उपाहार दिए । जोनसले ४८औँ मिनेटमा गोर गरेर बनाएको अग्रतालाई ६४औँ मिनेटमा बार्यनले आत्मघाती गोल गर्दै २-० को जित दिलाए ।
Two goals, three points 👊
— Liverpool FC (@LFC) February 28, 2021
All the best bits from the Reds' 2-0 win at @SheffieldUnited ⚽️ pic.twitter.com/KoDtQMATSb
यता, बर्नलीलाई ४-० ले हराएको टोटनह्यामको जितमा ग्यारेथ बेलले दुई गोल गरे । खेलको दोस्रो मिनेटमै बेलले गोल गरे । त्यसपछि, खेलको १५औँ मिनेटमा हेरी केनको गोलमा टोटनह्यामले अन्तर बढायो ।
यस्तै, ३१औँ मिनेटमा लुकास मौराको गोलमा टोटनह्यामले खेलमा तीन शून्यको अग्रता लिन सफल भयो ।
पहिलो हाफमा तीन गोलको अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफको ५५औँ मिनेटमा टोटनह्यामका लागि बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० को फराकिलो जित दिलाए ।
𝗛𝗶𝗴𝗵𝗹𝗶𝗴𝗵𝘁𝘀: 𝗦𝗽𝘂𝗿𝘀 𝟰-𝟬 𝗕𝘂𝗿𝗻𝗹𝗲𝘆
— Tottenham Hotspur (@SpursOfficial) February 28, 2021
A @garethbale11 masterclass at Tottenham Hotspur Stadium! 😎#THFC ⚪️ #COYS pic.twitter.com/zrPMJSglGJ
जितसँगै २६ खेलबाट ४३ अंक जोड्दै लिभरपुल लिगको छैटौँ स्थानमा रहेको छ । टोटनह्याम २५ खेलमा ३९ अंक बनाउँदै आठौँ स्थानमा उक्लिएको छ । बर्नली भने २८ अंकका साथ १५औँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।