आगामी असोजमा हुनेगरी एभरेष्ट प्रिमियर लिगले पायो स्वीकृति
फाइल तस्बिर

एभरेष्ट प्रिमियर लिग, इपिएल क्रिकेटको यसपटकको संस्करणको मिति सार्वजनिक भएको छ । सार्वजनिक भएको मिति असोज ९ गतेदेखि असोज २३ गतेसम्म (सेप्टेम्बर २५– अक्टोबर ९) लाई नेपाल क्रिकेट संघ (क्यान) ले पनि स्वीकृति दिएको छ ।

चौथो संस्करणको प्रतियोगिता यसअघि चैत १ गतेदेखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने तय भएको थियो । तर, कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो ।

इपिएल प्रतियोगितामा वेष्ट इण्डिजका क्रिस गेल, श्रीलंकाका उपुल थरंगा, केस्रिक विलियम्स, जर्ज मुन्से, केभिन ओ ब्रायन जस्ता चर्चित खेलाडीले खेल्ने तय भएको थियो । 

अहिले सार्वजनिक भएको मिति सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म हुने खेलमा पनि उनीहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ६ वटा सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

साविक विजेता ललितपुर प्याट्रियट्ससँगै पोखरा राइनोज, काठमाडौं किङ्स इलाभेन, भैरहवा ग्ल्याडियटर्स, चितवन टाइगर्स र विराटनगर वारियर्स रहेका छन् ।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार ८:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया