पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको छ । चिकित्सकले त्यहाँ क्यान्सर नभए पनि यो ट्युमरको छिटो शल्यक्रिया गर्न सुझाव दिएका छन् ।
उपचारका लागि अहिले डा. भट्टराई भारतमा छन् । उनी भोलि काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
उनका सहयोगी विश्वद्विप पाण्डेका अनुसार चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन् ।
‘चिकित्सकहरुले ट्युमर चाहिँ २÷३ महिनामा नै शल्यक्रियाबाट फाल्न सुझाव दिएका छन्,’ पाण्डेले बताए । डा. भट्टराई २२ फ्रेबुअरीमा उपचारका लागि दिल्ली पुगेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।