गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रङ्गशालाको सहयोगार्थ ‘हाम्रो रंगशाला मेरो कुर्सी’ अभियान

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आफ्नो वा परिवारको नाम राख्न पाइने भएको छ ।

धुर्मुमु–सुन्तली फाउन्डेसनको अगुवाइमा जनस्तरबाट निमार्णाधीन रंगशालको प्याराफिटमा आफ्नो वा परिवारको नाममा कुर्सी राख्न पाइने सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो ।

रंगशालाले अहिले आर्थिक अभाव झेलिरेहको छ यो अभावलाई कम गर्न ‘हाम्रो रंगशाला मेरो कुर्सी’ नामक अभियान सुरु गरिएको फाउन्डेसनले जनाएको छ ।

रंगशाला निर्माणका लागि कम्तीमा पनि १ लाख सहयोग गर्नेले प्याराफिटमा आफ्नो वा परिवारको नामको कुर्सी राख्न पाउनेछन् । यो अभियानबाट करिब ३ अर्ब संकलन हुने अपेक्षा राखिएको छ । 

२०७५ माघ १६ गते भरतपुर महानगरपालिका र फाउन्डेनबीच सम्झौता भएपछि रंगशालाको निर्माण अघि बढेको थियो । रगंशाला महानगरले उपलब्ध गराएको २० बिघा जमिनमा निमार्ण भइरहेको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १३:४४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया