बिसिसिआईले यस वर्ष हुने इन्डियन प्रिमियर लिग आयोजनाका लागि भारतका मुख्य ६ सहरलाई छनोट गरेको छ ।
खबरअनुसार यसपटक आइपीएल भारतको मुम्बई, बेङ्लुरु, चेन्नई, कोलकाता, अहमदाबाद र दिल्लीमा हुनेछ ।
यसपटक तीन टिम राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र पञ्जाब किङ्स आफ्नो घरेलु मैदानमा खेल्न भने नपाउने भएका छन् ।
तोकिएका ६ सहरमध्ये अमहदाबाद एक्लो यस्तो शहर हो जसको कुनै फ्रेन्चाइजी मिट छैन । बाँकी पाँच शहरका आफ्ना फ्रेन्चाइजी टिम हुन्, जसले आफ्नो घरेलु मैदानमै म्याच खेल्न पाउनेछन् ।
महाराष्ट्र सरकारले कोरोनाको बढ्दो संक्रमणका बाबजुत पनि वानखेडे स्टेडियममा म्याच आयोजना गर्ने अनुमति दिएको छ ।
पूणेमा भारत र इङल्याण्डबीच एक दिवसीय सिरिज दर्शकबिना नै आयोजना हुनेछ । साथै महाराष्ट्र सरकारले पनि स्टेडियममा दर्शक राखेर म्याच आयोजना गर्ने अनुमति भने दिएको छैन ।
आइपीएलको यस सत्रको शुरुवात अप्रिल दोस्रो साताबाट हुने बिसिसिआईले जनाएको छ । यद्यपि केही राज्यमा म्याचका समयमा दर्शकलाई सहभागिताका लागि अनुमति नदिइने भएको छ । केही राज्यमा भने स्टेडियमको क्षमता अनुसार ५० प्रतिशत दर्शक राख्न सकिने अनुमति भने दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।