इजरायलको हमलापछि सिरियाली हवाई सैन्य सक्रिय

सिरियाको राजधानी दमास्कसमा भएको मिसाइल हमलापछि दक्षिण इलाकामा आइतबारदेखि हवाई सुरक्षालाई सक्रिय पारिएको छ ।

यस हमलामा कुनै ठूलो दुर्घटना भएको भने खबर आएको छैन । मिसाइल हमलाको जवाफी कारबाहीमा सिरियाई वायू सेनाले आइतबार राति दमास्कस सहर र दक्षिण उपनगरीय इलाकामा सक्रियता बढाएको छ । 

यद्यपि हमलामा कसैको हताहत भने नभएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले सैनिक अधिकारीको भनाई उदृत गर्दै इजरायली मिसाइललाई दमास्कस पुग्न नपाउँदै गिराइएको बताएको छ । 

इजरायलले पछिल्लो केही वर्षयता सिरियामा रहेका इरानी सैन्य ठेगानामा हमला गर्दै आएको छ । तर, कहिले पनि इजरायलले यस्ता हमलाको जिम्मेवारी भने लिएको छैन ।

बिहीबार अमेरिकाले सिरिया र इराकी सीमा नजिक इरान–समर्थित मिलिसिया संगठनलाई निशाना बनाएर हवाई हमला गरेपछि इजरायलले पनि मिसाइलमार्फत हमला गरेको हो । 





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १४:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया