केही दिनमै नयाँ सरकारः योगेश भट्टराई
प्रेस संगठन बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टराई । तस्बिरः फरकदार

नेकपाका प्रचण्ड–माधव समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले केही दिनमा नयाँ सरकार गठन हुने बताएका छन् । 

प्रेस संगठन नेपाल बागमती प्रदेश हेटौंडाको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले केपी ओली सरकारको अवधि सकिएकाले केही दिनमै नयाँ सरकार गठन हुने बताएका हुन् । 
साथै मन्त्री भट्टराईले प्रधानमन्त्री ओलीलाई कम्युनिस्ट आन्दोलन र गणतन्त्रको माया भएको भए उहिल्यै राजीनामा दिइसक्नुपर्ने बताए । 

पत्रकारले नै ‘कू’ को समर्थन गरे 

नेकपा विभाजनपछि दाहाल–नेपाल समूहमा प्रेस संगठनको इन्चार्जको जिम्मेवारी पाएका भट्टराईले ओलीले संसद् विघटन गर्दासमेत उनकै पक्षमा उभिएको भन्दै गुनासो गरे ।

‘ओलीले संविधान कुल्चिँदा, संविधानलाई कू गर्दा पनि त्यसको विरोधको साटो समर्थनमा ताली पिट्दै केही पत्रकारहरु नै लाग्नुभयो । यो जति दुर्भाग्य अरु के हुनसक्छ र ?’, उनले भने । 

व्यवस्था परिवर्तनमा प्रेसको अतुलनीय भूमिका रहेको र समग्र प्रेस जगतलाई स्वतन्त्र राख्न आफ्नो समूह प्रतिबद्ध रहेको बताए । 



भट्टराईले  कम्युनिष्ट आन्दोलनले नपत्याएको भन्दै अन्य दलमा पनि आन्दोलनको मर्म भावना नबुझ्दा बडारिनु परेको इतिहास स्मरण गराएका थिए । 

उनले भने, ‘विगतमा थुप्रै नेताहरु बढारिएका छन्, ओलीले पदत्याग गरेर कम्युनिस्ट आन्दोलन बचाउनुपर्नेछ ।’  केपी ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने र उनले त्यसो गर्नेमा आफु विश्वस्त रहेको उनको भनाइ थियो । 



भेलामा नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल, नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, प्रेस संगठनका संयोजक महेश्वर दाहाल,  प्रेस संगठनका नेताहरु ओम शर्मा, विश्वमणि सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रेस संगठन बागमती प्रदेश र मकवानपुर जिल्लामा नेतृत्व चयन र सपथ ग्रहण समेत भएको छ ।

  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १४:५७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया