काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले सञ्चालन गर्न लागेको मेयरकप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि काठमाडौं मेयर ११ टोली घोषणा भएको छ ।
क्यानले गत महिना सम्पन्न प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा ६ प्रदेशबाट १५ खेलाडी समेटेर काठमाडौं मेयर ११ टोली घोषणा गरेको हो ।
काठमाडौं मेयर ११ को टोली
सिद्धान्त लोहनी, विवेक यादव, अर्जुन कुमाल, अनुज चुनारा, विक्रम भुषाल, खड्क बहादुर बोहरा, हरि शङ्कर शाह, विपिन खत्री, कृष्ण कार्की, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, विपिन रावल, रवीन्द्र जङ्ग शाही र नारायण जोशी
फागुन २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा काठमाडौं मेयर ११ सहित प्रधानमन्त्री कपको सेमिफाइनल पुग्ने चार टोली (त्रिभुवन आर्मी क्लब ,नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश) को सहभागिता रहनेछ ।
सिंगल राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । महानगरले प्रतियोगिताका लागि क्यानलाई ५० लाख उपलब्ध गराएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।