बी डिभिजन लिग : सातदोबाटोको कठिन जित

सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब विजयी भएको छ ।

उसले सातदोबाटोस्थित एन्फा कमप्लेक्समा श्री भगवती क्लबमाथि १-० को कठिन जित हात पारेको हो । 

खेलको २५ औं मिनेटमा दोर्जे तामाङले पेनाल्टीमार्फत् गरेको एक मात्र गोल सातदोबाटोका लागि ३ अंक जोड्न पर्याप्त बन्यो । 

श्री भगवती क्लबका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । 

जितसँगै सातदोबाटोले ८ खेलबाट २२ अंक जोड्दा पराजित श्री भगवतीको समान खेलबाट ६ अंक छ ।  

लिग अन्तर्गत आज नै भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले टुसाल युथ क्लबमाथि १–० को कठिन जित हात पार्‍यो आरसिटीको जितमा एक मात्र गोल अजित गुरुङले गरे ।  



यो जितसँगै आरसिटीले ८ खेलबाट १२ अंक जोड्दा पराजित टुसालको समान खेलबाट ८ अंक छ ।



  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १७:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया