तेलको मूल्य आजै बढ्न सक्ने

भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएपछि नेपालमा पनि मूल्य बढाउने तयारी गरेको छ । निगम स्रोतले आजै रातिदेखि नै बढाउने तयारी गरेको जानकारी दिएको छ । 

आइओसीले आज (सोमबार)देखि लागू हुने गरी मूल्य बढाएर पठाएको हो । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमतिअनुसार आइओसीले मूल्य बढाएको हो ।  

आइओसीको मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ २० पैसा, डिजेलमा ४ रुपैयाँ ७ पैसा, मट्टीतेलमा ४ रुपैयाँ ६५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ६ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर ९१ रुपैयाँ ९६ पैसा बढेको छ ।

हालको मूल्यअनुसार निगमलाई दुई सातामा एक अर्ब ५४ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ । यद्यपि, निगमले खरिद मूल्यअनुसार तेलको मूल्य नबढाउने भएको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १९:३६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया