फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार अभियोगमा तीन वर्ष जेल सजाय हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सार्कोजीसँगै उनका दुई सहयोगीलाई पनि सो सजाय तोकिएको हो । 

बिबिसीका अनुसार सार्कोजीसँगै उनका दुई सहयोगी पूर्ववकिल थियरी हर्जोग र एजिबर्टलाई पनि सोही सजाय सुनाइएको छ।

सार्कोजीले उनको पार्टीबारे भइरहेको एक फौजदारी छानविनसम्बन्धी सूचना दिन आग्रह गर्दै त्यहाँका एक म्याजिस्ट्रेट गिलबर्ट एजिबर्टलाई मोनाकोमा आकर्षक जागिर प्रस्ताव गरेको आरोप छ । 

६६ वर्षीय सार्कोजीले सो सजाय आफ्नै घरमा बिताउन पाउनेछन्। उनलाई इलेक्ट्रोनिक ट्याग लगाइदिएर घरमै जेल सजाय भुक्तान गर्न पाउने छुट दिइएको अदालतका न्यायाधीशले बताएका छन्।





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार २०:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया