जति नै चर्चा भए पनि खेल जीवनपछि खेलाडीले जीविकोपार्जनका लागि विकल्प खोज्नुपर्ने अवस्था आज विद्यमान छ । विश्व खेलकुदमा जीवन चलाउनकै लागि खेलाडी विदेश पलायन भएको खबर आउनु सामान्य भइसकेको छ ।
उनीहरूले पेट पाल्नकै निम्ति आफ्नो देश छाडेर अन्य देशमा काम गरिरहेका छन् । यति बेला तीन क्रिकेटरको चर्चा भइरहेको छ, जसले पेट पाल्नकै लागि गाडी चलाइरहेका छन् ।
अस्ट्रेलियन मिडिया (न्युज) ले समाचार प्रकाशन गरेपछि फेरि उनीहरूको चर्चा हुन थालेको हो । ती खेलाडी हुन्, श्रीलंकाका चिन्थाका जयासिगें र सुरज रनदिभ तथा जिम्बाबेका वासिङ्टन वायोंगा ।
यी तीनै खेलाडी मेलवर्नमा रहेको एक फ्रान्सेली ट्रान्सपोर्ट कम्पनीमा गाडी चालकका रूपमा कार्यरत छन् ।
उनीहरू अस्ट्रेलियाका घरेलु टिमका लागि क्रिकेट खेल्नुका साथै साइड कामका रूपमा गाडी चलाइरहेका छन् ।
चिन्थाका जयासिगें
अलराउन्डर जयासिगेंले सन् २००९ मा भारत विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले श्रीलंकाका लागि ५ टि–२० अन्तर्राष्ट्रिय खेल खेलका छन् ।
उनको अन्तर्राष्ट्रिय करियर भने त्यति सफल रहेन । उनले ५ खेलमा जम्मा ४९ रन मात्र प्रहार गर्न सके । उनी सन् २०१० को टि–२० विश्वकपमा श्रीलंकाली टिममा सामेल थिए ।
सुरज रनदिभ
बलर रनदिभले पनि सन् २००९ मा भारतविरुद्ध नै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उनले सन् २०११ को एकदिवसीय विश्वकप फाइनलमा पनि भारतविरुद्ध खेलको थिए ।
रनदिभले श्रीलंकाका लागि १२ टेस्ट, ३१ एकदिवसीय र ७ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनले टेस्टमा १४७ रन बनाउनुका साथै ४३ विकेट, एकदिवसीयमा २८० रनका साथै ३६ र टि–२० मा ८ रनका साथै ७ विकेट हात पारेका छन् ।
वासिङ्टन वायोंगा
बलर वायोंगाले सन् २००५ मा भारतविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । जिम्बोबका लागि एकमात्र टेस्ट खेलेका उनले १५ रन बनाउनुका साथै १ विकेट हात पारे ।
वायोंगाको अन्तर्राष्ट्रिय करियर सफल रहेन उनले ३ एकदिवसीय खेलमा १ मात्र रन बनाउँदा १ विकेट नै लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।