मेस्सी र रोनाल्डोलाई इन्टर मियमीमा भित्र्याउने बेकहमको चाहना

इङ्ल्यान्डका पूर्वकप्तान डेविड बेकहमले स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सी र इटालियन क्लब युभेन्टसका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोलाई आफ्नो क्लब इटर मियमीमा भित्र्याउने इच्छा रहेको बताएका छन् । 

क्लबको नयाँ जर्सी सार्वजनिक गरेपछि बेकहमले भने ‘मैले पहिलादेखि नै भन्दै आएको छु, हाम्रा समर्थक क्लबमा ठूला स्टार हेर्न चाहन्छन् । हामीसँग गोन्जालेज हिगुइन र ब्लोसी मातुइडी जस्ता ठूला स्टार छन् । यसले टोलीको रौनक बढाएको छ । हामी भविष्यमा अझै ठूला नाम जोड्ने प्रयासमा हुनेछौँ ।’

बेकहमले मेस्सी र रोनाल्डोको विषयमा पनि आफ्नो धारणा राखे ।  उनले भने, ‘पक्कै हामी उत्कृष्ट खेलाडी क्लबमा रहोस् भन्ने चाहन्छौँ, हामी मेस्सी र रोनाल्डोलाई भित्र्याउन सधै तयार रहन्छौँ । उनीहरुलाई क्लबमा भित्र्याउने हाम्रो सबैभन्दा ठूलो सपना हो ।’ 

करियरको अन्त्यतिर आएका ३३ वर्षीय मेस्सी र ३६ वर्षीय रोनाल्डोले अमेरिकी लिग खेल्ने सम्भावना पनि छ । केही समयअघि मेस्सीले अमेरिकी लिग खेल्ने इच्छा व्यक्त गरेका थिए ।

त्यस्तै, रोनाल्डोका पूर्वसहकर्मी नानीले पनि रोनाल्डोले अमेरिकी लिग खेलेर करियरको अन्त्य गर्ने सम्भावना रहेको बताएका थिए । बेकहमको क्लब इन्टर मियमीले दोस्रो सिजन अमेरिकाको मेजर लिग सकर ( एमएलएस) खेल्दैछ । 





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार १३:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया