यातायात व्यवस्था कार्यालय जनकपुरबाट १५ जना बिचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरबाट १५ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । काम गराइदिने भन्दै सर्वसाधारणसँग पैसा लिने बिचौलियाहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

पक्राउ पर्नेहरुमा श्यामसुन्दर यादव, गौरीशंकर नायक, योगेन्द्रकुमार यादव, अरिफ राइन, भविद्दुन साह, सञ्जय साह, उमेशकुमार महतो, धर्मेन्द्रकुमार यादवलगायत १५ जना रहेका छन् । 

उनीहरुलाई बुधबार दिउँसो यातायात व्यवस्था कार्यालयको परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । पक्राउ परेका सबैलाई हिरासतमा राखी थप अनुसन्धान गर्न लागिएको धनुषा प्रहरीले जनाएको छ ।

केही दिनअघि मात्र सो कार्यालयका एक कार्यालय सहयोगी र एकजना बिचौलिया घुस रकमसहित अख्तियारको फन्दामा परेका थिए ।





  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार २०:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया