नेविसंघको अनशनमा माधव नेपालको ऐक्यबद्धता

नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिको रिले अनशनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ऐक्यबद्धता जनाएका छन् । नेविसंघ त्रिवि समितिले स्ववियु निर्वाचन हुनुपर्नेलगायत माग राखेर ३० दिनदेखि अनसन गरिरहेको छ ।   

पूर्वप्रधानमन्त्री नेपालले बिहीबार दिउँसो अनशनस्थल पुगेर उनीहरुको मागमा ऐक्यबद्धता जनाएका हुन् । नेविसंघले राखेका मागप्रति आफ्नो समर्थन रहेको बताउँदै नेपालले राजनीतिक नियुक्तिले विश्वविद्यालय बिग्रिएको बताएका थिए । 

नेविसंघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, शैक्षिकसत्र नगुम्ने गरी एक महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्नेलगायत माग राखेर उपकुलपति कार्यालय परिसरमा रिले अनसन राखेको छ ।





  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार १८:४२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया