विद्रोही नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लव बिहीबार बेलुका काठमाडौं आइपुग्दै छन् ।
सरकारले उनलाई हेलिकोप्टरमा काठमाडौं ल्याउने तयारी गरे पनि उनी गाडीमार्फत नै काठमाडौं आउन लागेका हुन् ।
शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रमका लागि विप्लव काठमाडौं आएका हुन् ।
हेलिकोप्टरमा चढ्दा राम्रो सन्देश नजाने भन्दै विप्लव पार्टीले व्यवस्था गरेको गाडीमै काठमाडौं आएको एक नेताले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।