आजदेखि काठमाडाैंमा मेलम्चीको पानी
फाइल तस्बिर

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामार्फत आज शनिबार काठमाडौंमा सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी आइपुग्ने भएको छ । मेलम्ची परियोजनाको सुन्दरीजल प्रशोधन केन्द्रमा आज पानी आइपुग्ने भएको हो । 

सुन्दरीजलमा पानी आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशोधन केन्द्रको निरीक्षण गर्ने तय भएको छ । केहीदिनअघि खानेपानी आयोजनाले सुरुङमा पानी हालेर परीक्षण गरेको थियो । 

आज काठमाडौंमा मेलम्चीको पानी आउने भएसँगै काठमाडौंवासीको तीन दशकभन्दा बढीको प्रतीक्षाले मूर्तरूप पाउने भएको छ । फागुन १० गते परियोजनाले परीक्षणका लागि २६ किलोमिटर लामो सुरुङमा पानी हालेको थियो । 

मेलम्ची आयोजनाले सुरुङमार्फत पानी काठमाडौं आउने भएपछि बागमती नदीमा पानीको सतह बढ्नसक्ने भन्दै सार्वजनिक सूचनामार्फत काठमाडौंका स्थानीयलाई सचेत गराइसकेको छ । सुन्दरीजलदेखि बल्खुसम्म नै परियोजनाले स्थानीयलाई नदी आसपास नजान सतर्क गराएको हो । 





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार ८:५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया