छोरीको बलात्कार प्रयास गर्ने पिता पक्राउ
सांकेतिक तस्बिर

महोत्तरीमा छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने एक पिता पक्राउ परेका छन् ।

जिल्लाको बर्दिबासस्थित खयरमारामा आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पिता पक्राउ परेका हुन् ।

घरमा श्रीमती नभएको मौका छोपी ३८ वर्षीय एक पिताले १३ वर्षीया छोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

आरोपी पुरुषमाथि जबर्जस्ती करणी उद्योगमा उजुरी पश्चात अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी घटना सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार ११:३८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया