उत्पादनमुलक उद्योगका लागि विद्युत डिमान्ड शुल्क नलिइने : अर्थमन्त्री विष्णुप्रसाद पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रका लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको जानकारी दिएका छन् । उनले आकस्मिक रुपमा आइलागेका राष्ट्रिय अभिभारा पूरा गर्ने सन्दर्भमा विकास निर्माणलाई अगाडि बढाउने सन्दर्भमा निजी क्षेत्रका बैंक, वित्तीय संस्थाहरुको मनोबललाई उठाएर अगाडि बढाउने सन्दर्भमा महत्त्वपूर्ण काम गरेको जिकिर गरे ।

उनले भने,  ‘हामीले उत्पादनमुलक उद्योगहरूका लागि विद्युत डिमान्ड शुल्क छुट दिने निर्णय गरेका छौँ । पछि होटल टुरिजम सेक्टरको पनि डिमान्ड  शुल्क छुट पाउने छन्’, उनले भने,  ‘बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको छ ।’

अर्थमन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई निरन्तरता दिने पनि बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई निरन्तर अगाडि बढाउने बताएका हुन् । सबै लक्षित समुदायमा खोप पुर्‍याउने उनको भनाइ छ । उनले भने, ‘हामी भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउँछौ सबै लक्षित समुदायमा भ्याक्सिन पुर्‍याउँछौँ । सबैलाई हामी क्रमशः त्यसको प्राथमिकताका आधारमा भ्याक्सिन उपलब्ध गराउँछौँ । 





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १५:१०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया