देशभर ४७ कोरोना संक्रमित थपिए, मृत्यु शून्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ४७ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएको जनाएको छ । 

देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ५ सय ३५ जनाको पिसिआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ४७ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ। त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ। 

सो अवधिमा यही समयमा देशभरबाट थप ६२ जना संक्रमणमुक्त भई घर फर्किएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको छ। क्वारेनटिनमा ५५ जना रहेका छन्। 

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ। गएको चौबिस घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन।





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १७:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया