दार्चुलामा जिप दुर्घटना : तीनको मृत्यु, चार घाइते

दार्चुलामा शनिबार बेलुकी जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग३च १६९३ नम्बरको जिप दुर्घटना परी चालकसहित तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिप चालक ३८ वर्षीय करन नाथ, शैल्यशिखर नगरपालिका–८ की ७० वर्षीया सुनादेवी पन्त र ४० वर्षीय पदमराज पन्त छन्। 

घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धिबल्लभ पन्त, पदमराज पन्तका छोराहरु वर्ष १२ का मुकेश पन्त र ७ वर्षीय वसन्त पन्त र ७० वर्षीय  गंगादेवी पन्त छन्। 

जिप कच्ची सडकबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाएको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार २०:३५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया