राजेश हमालको बाँकी 'शौख'
फाइल तस्बिर

नेपाली चलचित्र क्षेत्रमा लामो समय एकछत्र राज गरेका राजेश हमालले सबैखाले भूमिका निर्वाह गरेका छन् । देशको सबै भागका समुदायको प्रतिनिधित्व हुने गरी अभिनय गरेपनि आफूलाई मैथिली फिल्ममा अभिनय गर्ने चाहना रहेको हमालले बताएका छन् ।

जनकपुरधाममा आयोजना भएको ‘जनकपुर साहित्य महोत्सव’को अन्तिम दिन अभिनेता हमालले आफ्नो इच्छा सुनाएका हुन् । कार्यक्रममा सहभागी भएका विकाश शाहले मधेश तथा मैथिली समुदायको प्रतिनिधित्व हुने गरी फिल्ममा किन अभिनय गर्नु भएन भनेर हमाललाई प्रश्न गरेको थिए । 

शाहको प्रश्नको उत्तर दिने क्रममा हमालले भने ‘मैले देशको पूर्वदेखि पश्चिम र हिमालदेखि तराई-मधेसमा सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने अभिनय गरेको हुँ । मैले एउटा भाषामा मात्रै अभिनय गरेको छु । त्यो नेपाली भाषा हो ।’

सोही क्रममा उनले आफू मैथिली भाषाको चलचित्रमा अभिनय गर्न इच्छुक रहेको बताए । उनले भने ‘म मैथिली भाषाको चलचित्रमा अभिनय गर्न इच्छुक छु । मेरो शौख बाँकी नै छ मैथिली फिल्ममा अभिनय गर्ने । मौका पाए अभिनय गर्छु ।’





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार ११:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया