थप ६६ जनामा कोरोना भाइरस संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ । 

हालसम्म कोरोनाको कारण ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय २५ रहेको छ । हाल ५३ जना क्वारेन्टिनमा रहेका छन् । 

हालसम्म २१ लाख ९२ हजार ८३६ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयको जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १६:४८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया