प्रधानमन्त्री कप महिला भलिबल : एपिएफको लगातार तेस्रो जित

सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबलमा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ ।

नेपालगञ्ज रंगशालाको कभर्ड हलमा सोमबारको खेलमा एपिएफले उत्कृष्ट पुनरागमन गर्दै न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा हराएको हो । 

पहिलो सेट २५–२३ ले गुमाएको एपिएफले दोस्रो सेट २५–१३ ,तेस्रो सेट २५–१७  र चौथो सेट २५–२२ ले जित्दै खेल आफ्नो पक्षमा पार्‍यो । 

एपिएफले पहिलो खेलमा आर्मीलाईसँग ३–१ तथा दोस्रो खेलमा लुम्बिनी युनाइटेडलाई ३–० को सोझो सेटमा हराएको थियो ।

पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–२ को सेटमा पराजित भएको न्यु डायमन्डले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबमाथि ३–१ सेटको जित निकालेको  थियो ।





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १४:५६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया