पछिल्लो २४ घन्टामा थपिए ८९ कोरोना संक्रमित, एकको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको हो ।  

यससँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ । मुलुकभर सक्रिय संक्रमितको संख्या ८ सय ७२ रहेको छ । 

हालसम्म मुलुकभर कोरोना निको हुनेको संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ । सोमबार मात्रै ४२ जना संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म ३ हजार ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एकजनाले ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १७:३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया