प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपिएफलाई

सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ ।

नेपालगञ्ज रंगशालाको कभर्ड हलमा मंगलबारको विभागीय डर्बीमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो । 

एपिएफले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो ।

उपाधि हात पारेको एपिएफले ट्रफीसहित ५ लाख प्राप्त गर्दा उप विजेतामा सीमित बनेको पुलिसले २ लाखमा चित्त बुझायो । तेस्रो बनेको न्यु डायमन्डले १ लाख तथा चौथो भएको आर्मीले ५० हजार प्राप्त गरे । 

बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ बाट सुरु भएको प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमन्ड स्पोर्टस क्लब र स्थानीय टोली लुम्बिनी युनाइटेडको सहभागिता थियो ।
 





  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १६:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया