स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार २ हजार ७१५ पिसिआर परीक्षण गर्दा ५९ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ ।
हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ । मंगलबार मात्रै ६० संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टाको कोरोना भाइरसका कारण एकजनाले ज्यान गुमाएका छन् । हालसम्म तीन हजार १२ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।