मुख्यमन्त्री कार्यालयका लेखापालले गरे विष सेवन
सांकेतिक तस्बिर

बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखापाल देवीप्रसाद गौतमले विष सेवन गरेका छन् । विष सेवन पश्चात प्रहरीले उनलाई खेतमा छटपटाइरहेकाे अवस्थामा भेटेको जनाएको छ । 

सोमबार साँझ प्रहरीले हेटौंडा-११ स्थित खेतमा विष सेवनपछि छटपटाइरहेको अवस्थामा गौतमलाई फेला पारेको थियो । हेटौंडा–२ कांग्रेस चोक बस्ने ५१ वर्षीय गौतमले विष सेवन गर्नुको कारण भने खुलेको छैन । 

प्रहरीले गौतमको ज्यान जोगाउने पहिलो ध्यान भएको भन्दै थप अनुसन्धानपछि गर्ने बताएको छ । गौतमको ज्यान जोगिएपछि थप कारणहरु खुल्ने प्रहरीले जनाएको छ । 

प्रहरीले उद्धारपछि हेटौंडा अस्पताल लगेकोमा गौतमको हेटौंडामा उपचार सम्भव नभएपछि चितवनको भरतपुर अस्पतालको आइसियूमा उपचार भइरहेका र अहिले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए ।





  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार ७:१९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया